२०८३, कार्तिक १२ गते बिहीबार

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता


  • मेरोभ्यूज
  • भाद्र ३०, २०८३ मंगलबार

  • Spokesperson Pokharel 30a .jpg

    काठमाडौँ । शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालको शिक्षा तथा खेलकूद क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप निरन्तरता दिने विषयमा कुराकानी भएको थियो ।

    साथै, नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्ध, आपसी सहयोग तथा आपसी सहकार्यमा केन्द्रित रहेर छलफल भएको थियो ।

    भेटका क्रममा मन्त्री पोखरेलले विद्यालय शिक्षाको सुधारका लागि मन्त्रालयले विभिन्न नीतिगत तथा संरचनागत सुधारका काम अघि बढाइरहेको जानकारी दिए ।

    उनले विद्यालय शिक्षासम्बन्धी महत्वपूर्ण नीतिगत दस्तावेजका रूपमा रहेको शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको र त्यसमा आवश्यक सुधारका विषयसमेत समेटिने बताए ।

    उनले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन, शिक्षकको पेसागत विकास तथा डिजिटल शिक्षाका क्षेत्रमा पनि मन्त्रालयले काम गरिरहेको बताए ।

    मन्त्री पोखरेलले नेपालको शिक्षा तथा खेलकूद क्षेत्रमा बेलायत सरकारले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्रालयले अघि बढाएका सुधारका कार्यक्रममा उपयुक्त सन्दर्भमा बेलायत सरकारसँग सहकार्य गर्न तयार रहेको बताए ।

    साथै आगामी दिनमा शिक्षा तथा खेलकूद क्षेत्रमा नेपाल-बेलायत सहकार्यलाई निरन्तरता दिने विश्वाससमेत उनले व्यक्त गरेका थिए ।

    भेटमा बेलायती राजदूत फेनले नेपालको शिक्षा तथा खेलकूद क्षेत्रसँगको सहकार्य बेलायत सरकारका लागि महत्वपूर्ण रहेको जनाए ।

    उनले शिक्षा क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    राजदूत फेनले रसुवा-भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका विद्यालयका शिक्षकहरूको पेसागत विकासका लागि ब्रिटिस काउन्सिलमार्फत सहकार्य गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

    जलवायुजन्य विपद्को सामना गरिरहेको अवस्थामा बेलायत सरकार नेपाल सरकारको साथमा रहेको उनको भनाइ थियो ।

    Spokesperson Pokharel 30b .jpg


    प्रकाशित : मंगलबार, भाद्र ३० २०८३०९:०८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार