२०८३, कार्तिक १२ गते बिहीबार

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. वाग्ले महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. वाग्ले महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै


  • मेरोभ्यूज
  • आश्विन २, २०८३ शुक्रबार

  • Finance Minister Dr Wagle 2d .jpg

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै ।

    तीनदिने भ्रमणका लागि मन्त्री डा. वाग्ले बिहीबार भारत प्रस्थान गरेका थिए । बिहीबार नै उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटघाट गरेका थिए ।

    भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. वाग्ले शुक्रबार विभिन्न कार्यक्रममा सहभागी हुँदै ।

    आज बिहान ९ बजे उनी पूर्वविदेशसचिव श्याम शरणले आयोजना गरेको उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै । इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजना हुने उच्चस्तरीय कूटनीतिक संवादमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी भएर आफ्नो विचार राखेका थिए ।

    आजै, अर्थमन्त्री डा. वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्ताको समय साँझ ५ बजेका लागि निर्धारण गरिएको छ ।

    आजै अर्थमन्त्री डा. वाग्ले भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुँदै । भारत मण्डपममा आयोजना हुने कार्यक्रममा नेपाल-भारत आर्थिक सहकार्यका विभिन्न आयामबारे बृहत् र उच्चस्तरीय छलफल हुनेछ ।

    अर्थमन्त्रीको उच्चस्तरीय तीनदिने भारत भ्रमणमा अर्थ मन्त्रालयका सह-सचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सह-सचिव गेहेन्द्र राजभण्डारी, नेपाली दूतावास नयाँ दिल्लीका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उप-सचिव कञ्चन बस्नेत सहभागी भएका हुन । भ्रमणको तेस्रो दिन शनिबार निजी क्षेत्र र अन्य उच्चस्तरीय भेटघाट गरेर अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल नेपाल फर्कने कार्यक्रम छ ।

    Finance Minister Dr Wagle 2e .jpg


    प्रकाशित : शुक्रबार, आश्विन २ २०८३११:१६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार