२०८३, कार्तिक १२ गते बिहीबार

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख रुपैयाँ सहयोग

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख रुपैयाँ सहयोग


  • मेरोभ्यूज
  • आश्विन २, २०८३ शुक्रबार

  • Spokes Person of Government Minister Pokharel 2c .jpg

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नौ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

    विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

    विश्वविद्यालयका अनुसार पदाधिकारी तथा कर्मचारीको तलब र भत्ताबाट कट्टा गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो ।

    उपकुलपति, रेक्टर र रजिष्ट्रारले एक महिनाको तलब तथा प्राध्यापक र प्रशासनतर्फका सोसरहका कर्मचारीले मासिक शुरु तलब स्केलको दस दिन बराबरको रकम योगदान गरेका छन् ।

    त्यस्तै, उप-प्राध्यापक तथा उप-प्रशासक र शाखा अधिकृत तथा प्रशिक्षक वा सोसरहका शिक्षक-कर्मचारीबाट सात दिन बराबर, मुख्य कार्यालय सहायक तथा कार्यालय सहायक वा सोसरहका कर्मचारीबाट पाँच दिन बराबर र श्रेणीविहीन कर्मचारीबाट दुई दिन बराबरको पारिश्रमिक कट्टा गरी कोषमा जम्मा गरिएको विश्वविद्यालयले जनाएको छ ।

    कुलपति थापाका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनःस्थापना कार्यमा योगदान पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो ।

    विश्वविद्यालय कार्यकारी परिषद्को हालै बसेको बैठकले विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

    Spokes Person of Government Minister Pokharel 2d .jpg


    प्रकाशित : शुक्रबार, आश्विन २ २०८३११:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार