२०८३, कार्तिक १२ गते बिहीबार

बाढीप्रभावितका लागि काठमाडौँ विश्वविद्यालयको ८५ लाख रुपैयाँ सहयोग

बाढीप्रभावितका लागि काठमाडौँ विश्वविद्यालयको ८५ लाख रुपैयाँ सहयोग


  • मेरोभ्यूज
  • आश्विन २, २०८३ शुक्रबार

  • बाढीप्रभावितका लागि काठमाडौँ विश्वविद्यालयको ८५ लाख रुपैयाँ सहयोग

     

    काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले भोटेकोशि नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ८५ लाख रुपैयाँ सहयोग गरेको छ ।

    काठमाडौँ विश्वविद्यालयका एकेडेमिया–इन्डस्ट्री कोअपरेसन विभागका प्रमुख लक्ष्मण लामाले शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

    विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार ८५ लाख रुपैयाँ सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो ।

    रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनःस्थापना कार्यमा योगदान पुर्याउने उद्देश्यले विश्वविद्यालयले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको विश्वविद्यालयले जनाएको छ ।


    प्रकाशित : शुक्रबार, आश्विन २ २०८३११:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार