२०८३, कार्तिक १२ गते बिहीबार

बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख रुपैयाँ सहयोग

बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख रुपैयाँ सहयोग


  • मेरोभ्यूज
  • आश्विन २, २०८३ शुक्रबार

  • Spokes Person of Government Minister Pokharel 2e .jpg

    काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गुरु रिम्पोक्षेले एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

    गुरु रिम्पोछेले शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गरेको हो । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरिनेछ । 

    सो अवसरमा गुरु रिम्पोछेको पुस्तक ‘जोए अफ लाइफ’ पनि शिक्षामन्त्री पोखरेललाई हस्तान्तरण गरेको थियो ।

    रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारको पनि सहभागिता थियो ।

    गुरु रिम्पोछेका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनःस्थापना कार्यमा योगदान पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो ।

    Spokes Person of Government Minister Pokharel 2f .jpg


    प्रकाशित : शुक्रबार, आश्विन २ २०८३११:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार