२०८३, कार्तिक १२ गते बिहीबार

अर्थमन्त्री डा. वाग्लेले भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै,नेपालमा लगानी गर्न आह्वान गर्ने

अर्थमन्त्री डा. वाग्लेले भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै,नेपालमा लगानी गर्न आह्वान गर्ने


  • मेरोभ्यूज
  • आश्विन ४, २०८३ आइतबार

  • अर्थमन्त्री डा. वाग्लेले भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै,नेपालमा लगानी गर्न आह्वान गर्ने

    Finance Minister Dr Wagle 3a .jpg

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगपतिहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन ।

    अर्थमन्त्रीको भारत भ्रमणका अवसरमा भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले आयोजना गरेको उद्योगीहरूसँगको 'राउन्ड टेबल' छलफललाई शनिबार बिहान साढे ९ बजे नयाँ दिल्लीस्थित सीआईआई मुख्यालयमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ ।

    परिसङ्घकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा हुने उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा अर्थमन्त्री डा. वाग्ले सहभागी हुनेछ ।

    सो क्रममा उनले भारतीय उद्योगपतिहरूलाई नेपालमा नयाँ लगानी गर्न र लगानी गरिसकेकाहरूलाई लगानी विस्तारका लागि आह्वान गर्नुहुनेछ ।

    साथै, लगानीमैत्री कानुनी स्थिरता, लगानी सुरक्षा र प्रतिफलको निश्चितताका सन्दर्भमा नेपाल सरकारको धारणा उहाँले भारतीय उद्योगपतिहरूलाई स्पष्ट पारेका छन ।

    अर्थमन्त्री वाग्लेसँगको छलफलमा परिसङ्घका पूर्वअध्यक्ष एवं आइटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन उद्योगपति सहभागी हुने परिसङ्घले जनाएको छ ।

     


    प्रकाशित : आइतबार, आश्विन ४ २०८३१०:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार