२०८३, कार्तिक १२ गते बिहीबार

अर्थमन्त्री डा. वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता

अर्थमन्त्री डा. वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता


  • मेरोभ्यूज
  • आश्विन ४, २०८३ आइतबार

  • अर्थमन्त्री डा. वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता

     

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किनुभएको छ।

    भारत सरकारको निमन्त्रणामा बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी तीनदिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेको थियो ।

    भारतका प्रभावशाली मन्त्रीस्तरीय दुई भेटवार्ता, एक कूटनीतिक, एक सामाजिक, एक आर्थिक-व्यावसायिक र एक प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी भएर अर्थमन्त्री वाग्ले आज स्वदेश फर्केको हो ।

    भ्रमणका क्रममा रसुवामा गएको भोटेकोशी बाढीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्‍याएको सहयोगप्रति सरकारका तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डा. वाग्लेले बताए ।

    साथै, बाढीपछिको पुन:निर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको र दुई देशबीचको राजनीतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउने विषयमा पनि भेटघाट फलदायी भएको उनको भनाइ छ ।

    उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गरेको थियो । भेटमा नेपाल-भारत आर्थिक सहकार्यका आयामहरूप्रति मन्थन भएको थियो ।

    शुक्रबार उनी पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नुभएको उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो ।

     त्यसै दिन उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका थिए । सोही दिन साँझ भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अशरफले आयोजना गरेको बृहत् भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री सहभागी हुनुभयो ।

    सोही दिन दिउँसो उहाँले प्रवासी नेपालीहरूको एक प्रतिनिधिमण्डलसँग भेट गरे ।

    शनिबार संविधान दिवसका अवसरमा नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा पनि उनी सहभागी हुनु भएको हुनुहुन्छ ।

    सोही दिन अर्थमन्त्री डा. वाग्लेले भारतीय उद्योग परिसङ्घले आयोजना गरेको प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाए ।

    शनिबार नै उनी दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गरेको विकास अर्थनीतिबारेको प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी भएको थियो  ।


    प्रकाशित : आइतबार, आश्विन ४ २०८३१०:४८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार