२०८३, कार्तिक १२ गते बिहीबार

चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि रु. एक करोड दस लाख सहयोग

चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि रु. एक करोड दस लाख सहयोग


  • मेरोभ्यूज
  • आश्विन ५, २०८३ सोमबार

  • Spokespersorn Gorvernment Sasmit Pokharel 5d .jpg

    काठमाडौँ । चीन सरकारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई एक करोड दस लाख रुपैयाँ सहयोग गरेको छ ।

    नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरे ।

    चेक हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले विपत्तिको समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि दुई देशबीच आवश्यक समन्वय र सहकार्य जारी रहने विश्वास व्यक्त गरे ।

    राजदूत चाङले नेपालको सुख-दुःखमा चीन सदैव साथमा रहने बताए । उनले बाढीबाट प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने गरी उक्त रकम उपलब्ध गराइएको जानकारी दिए ।

    Spokespersorn Gorvernment Sasmit Pokharel 5f .jpg


    प्रकाशित : सोमबार, आश्विन ५ २०८३११:०२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार