२०८३, कार्तिक १२ गते बिहीबार

सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र

सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र


  • मेरोभ्यूज
  • आश्विन ५, २०८३ सोमबार

  • सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र

     

    सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ मा कानून व्यवसायी तथा कला सर्जक विश्वम्भर लामिछानेले आफ्नै निवासमा स्थापना गरेको जराबुट्टा कला सङ्ग्रहालय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।

    खोला तथा बगरमा खेर जाने रुखका जरा र जराबुट्टालाई कलात्मक रूप दिइ लामिछानेले करिब ३० वर्षदेखि सङ्कलन तथा सिर्जना गर्दै आएका छन् ।

    हाल सङ्ग्रहालयमा झन्डै तीन सयवटा कलाकृति राखिएका छन्, जसले देशप्रेम, मातृत्व, प्रकृतिप्रेम र सामाजिक सद्भावका सन्देश प्रवाह गर्ने गरेको उनले बताए ।

    लामिछानेका अनुसार कला बिक्री नगरी संरक्षण गर्ने उद्देश्यले सार्वजनिक सङ्ग्रहालय निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

    जराबुट्टा कला केन्द्र नेपालका उपाध्यक्ष कृष्णप्रसाद बरालका अनुसार प्रदेश सरकारको रु. ४९ लाख ९९ हजारको लागतमा जराबुट्टा कला केन्द्रको भवन निर्माण भइरहेको छ ।


    प्रकाशित : सोमबार, आश्विन ५ २०८३११:१६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार