२०८३, कार्तिक १२ गते बिहीबार

आर्थिक वर्ष २०८३/०८४ को असोज ६ गतेसम्म भन्सार विभागको राजस्व लक्ष्य तथा असुलीको अवस्था

आर्थिक वर्ष २०८३/०८४ को असोज ६ गतेसम्म भन्सार विभागको राजस्व लक्ष्य तथा असुलीको अवस्था


  • मेरोभ्यूज
  • आश्विन ७, २०८३ बुधबार

  • आर्थिक वर्ष २०८३/०८४ को असोज ६ गतेसम्म भन्सार विभागको राजस्व लक्ष्य तथा असुलीको अवस्था


    काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/०८४ का लागि भन्सार विभागको वार्षिक राजस्व लक्ष्य रु. छ खर्ब २८ अर्ब रहेकोमा असोज ६ गतेसम्म रु. एक खर्ब दुई अर्ब राजस्व असुली भएको छ । चालु आर्थिक वर्षमा असुल गर्न बाँकी राजस्व रु. पाच खर्ब २७ अर्ब रहेको छ ।

    तातोपानी भन्सार कार्यालय केही समयदेखि सञ्चालनमा नरहेको तथा भोटेकोशीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भइ सञ्चालनमा नरहेको विषम परिस्थितिका बीच पनि सम्पूर्ण भन्सार प्रशासनको अथक प्रयासबाट असोज ६ गतेसम्म रु. एक खर्बभन्दा बढी राजस्व संकलन गर्न भन्सार विभाग सफल भएको छ ।

    आगामी दिनमा भन्सार विभागको अर्जुनदृष्टि बाँकी रु. पाच खर्ब २७ अर्ब राजस्व असुलीमा केन्द्रित रहनेछ । तथ्याङ्क असोज ६ गतेसम्मको हो ।


    प्रकाशित : बुधबार, आश्विन ७ २०८३०९:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार