काठमाडौँ । अर्थमन्त्रालयमा बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक डा.अर्चना श्रेष्ठसँग उनले मौसमी अवस्थाको प्रक्षेपण र सम्भावित जोखिम न्यूनीकरणका लागि गरिएका पूर्वतयारीबारे जानकारी लिएको हो ।
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली (Deep Depression) र मनसुनी वायुको सक्रियताका कारण नेपालभर उच्च सतर्कता (High Alert) जारी गरिएको महानिर्देशक डा. श्रेष्ठले जानकारी गराए ।
त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात, पूर्वाधारलगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले जानकारी गराए ।
आइतबारदेखि मौसममा सुधार हुने अनुमान रहेको समेत सो क्रममा जानकारी गराइएको थियो ।

