२०८३, कार्तिक १२ गते बिहीबार

दशैं अगाडिनै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

दशैं अगाडिनै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन


  • मेरोभ्यूज
  • आश्विन ७, २०८३ बुधबार

  • दशैं अगाडिनै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

     

    काठमाडौँ । शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौ संशोधन प्रक्रिया दशैँ अगाडि नै टुङ्ग्याउन निर्देशन दिएको छ ।

    मन्त्री पोखरेलले बुधबार मन्त्रालयका सचिव सहितका पदाधिकारी र सचिवालयसँग छलफल गर्दै शिक्षा नियमावलीको एघारौँ संशोधनको मस्यौदा तयार गरी नयाँ नियमावली लागू गर्नेगरी काम गर्न निर्देशन दिएको हो ।

    शिक्षा नियमावलीको दशौँ संशोधन आएदेखिनै बाहिर आएका गुनासालाई सम्बोधन गर्नेगरी मन्त्री पोखरेलले नियमावलीको एघारौ संशोधनको काम गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिदैँ आएको छ ।

    शिक्षा नियमावलीको दशौँ संशोधनमा भएका कतिपय प्राब्धानमाथि असन्तुष्टी आएपछि मन्त्री पोखरेल, शिक्षामन्त्रीका प्रमुख सल्लाहकार, मन्त्रालयका उच्च अधिकारी र सचिवलालयले सबै सरोकारवालाहरुसँग मन्त्रालयमा चरणबद्ध छलफल गरेको थियो ।

     त्यसैगरी सातै प्रदेशमा सरोकारवालासँग शिक्षा संवाद र छलफल गरेर राय सुझाव लिइएको थियो । कतिपय छलफलमा मन्त्री पोखरेल स्वयम् सहभागी भएका थिए ।

    शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारी एवं विज्ञसहितको टोलीले देशभरबाट सुझाव सङ्कलन गरेको थियो ।

    शिक्षा नियमावलीको दशौँ संशोधनपछि विशेषगरी शिक्षक सरुवामा देखिएका प्राविधिक समस्या, विद्यालय व्यवस्थापन समितिको सन्दर्भमा देखिएका जटिलतालगायतका कुराहरुमा आवश्यक संशोधनसहितको मस्यौदा तयार गर्न मन्त्री पोखरेलले निर्देशन दिएको हो ।

    मन्त्री पोखरेलले नेपाल सरकारले यस वर्षलाई कानून निर्माणको वर्ष घोषणा गरेको सन्दर्भलाई समेत जोडी मन्त्रालयको कार्य क्षेत्रभित्र पर्ने ऐन, नियमावलीलाई समेत छिटो टुङ्ग्याउने गरी काम गर्न पदाधिकारीलाई निर्देशन दिएको छ ।

    दशौँ संशोधनपछि देखिएका समस्या तथा शिक्षक सरुवालगायत विषयमा आएका गुनासालाई सम्बोधन गर्ने गरी एघारौँ संशोधनको मस्यौदा तयार भइरहेको मन्त्रालयले जनाएको छ ।


    प्रकाशित : बुधबार, आश्विन ७ २०८३०९:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार