काठमाडौँ । संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिएर प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्केको छ ।
प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वागत गरेका थिए ।
प्रधानमन्त्रीलाई स्वागत गर्न उनीसँगै गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्यायनमन्त्री खडकराज पौडेलको सहभागिता थियो । प्रधानमन्त्री शाह गत मंगलबार न्युयोर्क प्रस्थान गरेका थिए ।

