२०८३, कार्तिक ११ गते बुधबार

विद्यालय शिक्षा ऐन दीर्घकालीन प्रभाव पार्ने गरी ल्याइने

विद्यालय शिक्षा ऐन दीर्घकालीन प्रभाव पार्ने गरी ल्याइने


  • मेरोभ्यूज
  • आश्विन १६, २०८३ शुक्रबार

  • Spokesperson Susmit 16a .jpg

    भैरहवा । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको काम अघि बढिरहेको बताएको छ ।

    शिक्षा विभागको आयोजनामा लुम्बिनी प्रदेशअन्तर्गतका एक सय नौ स्थानीय तहका शिक्षा शाखाका प्रतिनिधिका लागि आयोजित आर्थिक वर्ष २०८३/०८४ सम्बन्धि नीति, निर्देशिका, मापदण्ड तथा कार्यक्रम कार्यान्वयन कार्यविधिसम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भविष्यलाई ध्यानमा राखेर वास्तविक धरातलमा आधारित र दीर्घकालीन प्रभाव पार्ने गरी ऐन ल्याइने बताए ।

    उनले विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालासँग छलफल गरी प्राप्त सुझावका आधारमा विद्यालय शिक्षा ऐन निर्माण गरिने जानकारी दिए ।

    मन्त्री पोखरेलले शिक्षा क्षेत्रको नीतिगत सुधारका लागि विद्यालय शिक्षा ऐनसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको कामसमेत भइरहेको बताए ।

    उनका अनुसार ऐन निर्माण र पाठ्यक्रम परिमार्जनको प्रक्रियाले नेपालको शिक्षा क्षेत्रको दीर्घकालीन रूपान्तरणमा सहयोग पुग्नेछ ।

    कार्यक्रममा लुम्बिनी प्रदेशअन्तर्गतका एक सय नौ स्थानीय तहका शिक्षा शाखाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

    कार्यक्रममा शिक्षा क्षेत्रका नीति, निर्देशिका, मापदण्ड तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी विषयमा अभिमुखीकरण तथा छलफल गरिएको थियो ।

    Spokesperson Susmit 16f .jpgSpokesperson Susmit 16g .jpg


    प्रकाशित : शुक्रबार, आश्विन १६ २०८३१०:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार