२०८३, कार्तिक १२ गते बिहीबार

शिक्षामन्त्री पोखरेलद्वारा देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण

शिक्षामन्त्री पोखरेलद्वारा देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण


  • मेरोभ्यूज
  • आश्विन १७, २०८३ शनिबार

  • Spokesperson Susmit 17b .jpg

    दाङ । शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेलले दाङको देउखुरीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेको छ ।

    दसौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्षित कार्यक्रमका लागि सुर्खेत जाने क्रममा मन्त्री पोखरेलले रंगशालाको अवलोकन तथा निरीक्षण गरेको हो ।

    निरीक्षणका क्रममा उनले रंगशालामा क्रिकेट अभ्यास गरिरहेका युवाहरूसँग क्रिकेटसमेत खेलेका थिए ।

    रंगशालाको अवस्था तथा खेलकूद गतिविधिबारे जानकारी लिन मन्त्री पोखरेल त्यहाँ पुगेका थिए । सो अवसरमा उनले स्थानीय खेलाडीहरूसँग अन्तरक्रियासमेत गरेका थिए ।

    मन्त्री पोखरेलसँगै उनका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयको उच्चस्तरीय टोली पनि रंगशाला निरीक्षणमा सहभागी भएको थियो ।

    देउखुरी क्षेत्रमा क्रिकेट खेलको विकास र पूर्वाधार विस्तारका लागि महत्वपूर्ण मानिएको उक्त रंगशालाको निरीक्षणलाई स्थानी खेलाडी तथा खेलप्रेमीहरूले चासोका साथ हेरेका छन् ।

    Spokesperson Susmit 17a .jpgSpokesperson Susmit 17c .jpg


    प्रकाशित : शनिबार, आश्विन १७ २०८३११:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार