२०८३, कार्तिक १३ गते शुक्रबार

शिक्षामन्त्री भन्छ दसौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सर्दैन ढुक्क हुनुहोस्

शिक्षामन्त्री भन्छ दसौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सर्दैन ढुक्क हुनुहोस्


  • मेरोभ्यूज
  • आश्विन १८, २०८३ आइतबार

  • शिक्षामन्त्री भन्छ दसौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सर्दैन ढुक्क हुनुहोस्

     

    कर्णाली । शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गएको छ ।

    दशौं खेलकूदको मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले दशौं राष्ट्रिय खेलकूदको उत्सव आजैबाट शुरु भएको उल्लेख गरेका थिए ।

    ‘दशौं राष्ट्रिय खेलकूद हुने हो कि होइन भन्नेर कसैले पनि दुविधा नमान्नुहोला’ उनले भने, ‘दशौं राष्ट्रिय खेलकूदको उत्सव आजैबाट शुरु भयो, त्यसैले प्रतियोगिता मात्रै मङ्सिर १६ गतेबाट हो ।’

    मन्त्री पोखरेलले अघिल्ला राष्ट्रिय खेलकूद भन्दा प्रभावकारी ढंगले यस पटकको प्रतियोगिता हुने विश्वास व्यक्त गरे ।

    उनले  खेलकूद प्रतियोगितालाई राम्रोसँग सञ्चालन गर्नका लागि तीन तहका सरकार,सम्पूर्ण सरोकारवाला, सबैजना मिलेर गर्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री शाही :

    'आजको बैठकले दशौँ राष्ट्रिय खेलकूद हुन्छ भन्ने प्रत्याभूत भएको छ । खेलकूद आयोजनापछि कर्णाली प्रदेश सक्षम छ भन्ने संदेश जानेछ । हाम्रा धेरै जिल्लामा पूर्वाधार बनेका छन् । खेलकूद मन्त्रालयको प्राविधिक टिमले अध्ययन गर्दै छ ।'

    खेल संघका प्रतिनिधिले दशौँ राष्ट्रिय खेलकूद समयमै शुरु हुनेमा सन्देह व्यक्त गरेपछि राखेप सदस्य सचिव रामचरित्र मेहताले त्यसमा शंका नगर्न अनुरोध गरेको छ ।

    'यहाँ समयमा खेल हुन्छ हुन्न या फेरि सर्छ कि भन्ने गुनासो सुनिन्छ । तर, हामीले यसलाई एउटा फ्रेस स्टार्ट ठानेका छौँ । त्यसैले ढुक्क हुन अनुरोध गर्दछु,' उनले भने ।


    प्रकाशित : आइतबार, आश्विन १८ २०८३१०:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार