२०८३, कार्तिक ११ गते बुधबार

अर्थमन्त्री डा. वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता

अर्थमन्त्री डा. वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता


  • मेरोभ्यूज
  • आश्विन २०, २०८३ मंगलबार

  • अर्थमन्त्री डा. वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता

     

    वासिङ्टन डी.सी. । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा (Ajay Banga) बीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ ।

    विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री डा. वाग्ले र अध्यक्ष बाङ्गाबीच अमेरिकाको वासिङ्टन डी.सी. मा  भेटवार्ता भएको हो । 

    भेटघाटका क्रममा अर्थमन्त्री डा. वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक पूर्वाधारको पुन:निर्माण, वृहत् आर्थिक सुधार र बीमा एवं सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे घनीभूत छलफल गरेका थिए । 

    उक्त अवसरमा विश्व बैंकका अध्यक्ष बाङ्गाले नेपालमा बाढी विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुन:निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    साथै, नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि चालेका कदमहरूको प्रशंसा गर्दै उनले पूर्वाधारमा लगानी विस्तार र स्वदेशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

    अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक (ADB) र अन्तरराष्ट्रिय वित्त निगम (IFC)लगायतका विकास साझेदारहरूसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिए । 

    नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकको अवधिमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो नै पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो । 

    उक्त भेटघाट कार्यक्रममा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदलगायतका उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।


    प्रकाशित : मंगलबार, आश्विन २० २०८३०९:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार