२०८३, कार्तिक १२ गते बिहीबार

वाढी प्रभावित क्षेत्रमा पुन:निर्माण

वाढी प्रभावित क्षेत्रमा पुन:निर्माण


  • मेरोभ्यूज
  • आश्विन २६, २०८३ सोमबार

  • वाढी प्रभावित क्षेत्रमा पुन:निर्माण

     

    काठमाडौँ । आइतबार बिहान सिरिङ्गे हिमालमा गएको हिमपहिरोले उइन्गुलुङ खोला थुनिएर गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीपछि खोजी, उद्धार, राहत तथा पुन:निर्माणका लागि सरकार तदारुकताका साथ लागिरहेको छ ।

    प्रभावित क्षेत्रबाट १९ विदेशी नागरिकसहित तीन सय १४ जनाको उद्धार गरिएको छ । पाच जना स्थानीय सम्पर्कविहीन रहेकाले सुरक्षाकर्मीहरूले खोजी कार्य जारी राखेको छ ।

    बाढीपछि अहिलेसम्म विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा सात सय तीन जना सुरक्षाकर्मी परिचालन भएको छ ।

    आरुघाट जलमापन केन्द्रमा नदीको सतह खतराको तह (५ मिटर) नाघेर ८.४३ मिटरसम्म पुगेको थियो ।

    बाढीको सम्भावित जोखिमबाट सुरक्षित राख्न करिब दुई ‍लाख नागरिकलाई पूर्वसूचना पठाउनुका साथै प्राधिकरणको कमान्ड पोस्टले तत्काल बैठक बसी अवस्थाको निरन्तर अनुगमन र उद्धार परिचालन शुरु गरेको थियो ।

    बाढीले धादिङ र गोरखाका दुई सय भन्दा धेरै घरमा क्षति पुग्नुका साथै डेढ सय जति चौरीगाई तथा भेंडाबाख्रा बगाएको छ ।

    खानेपानी, निर्माणाधीन जल विद्युत्, विद्यालयलगायतका संरचनासहित मनास्लु पदमार्ग र गोरखा–धादिङ जोड्ने मुख्य सडकका तीन पक्की पुल र दुई झोलुङ्गे पुलमा क्षति पुर्याएको छ ।

    विपद्पछिको प्रतिकार्य तथा पुन:निर्माणमा पनि सरकार निरन्तर लागिरहेको छ । आज मात्रै काठमाडौंबाट हवाई साधनमार्फत गोरखाको फिलिममा चार हजार दुई सय ७० केजी खाद्यान्न र एक हजार नौन सय लिटर हवाई इन्धन ढुवानी गरी आपत्कालीन राहत वितरण अघि बढाइएको छ ।

    अहिले आरुघाट–सल्यानटार जोड्ने पुल पुनः सञ्चालन गर्न हेटौँडाबाट बेलिब्रिजका सामग्री ल्याएर निर्माण कार्य तीव्र पारिएको छ भने छेपारे भीरमा एक्स्काभेटर परिचालन गरी दोभान–सल्लेरी सडक खुलाउने प्रयास भइरहेको छ ।

    सरकारले दसैँअघि नै सम्पूर्ण अवरुद्ध सडकहरू सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।


    प्रकाशित : सोमबार, आश्विन २६ २०८३०९:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार