२०८३, कार्तिक १३ गते शुक्रबार

विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री डा. वाग्ले बैंकक प्रस्थान

विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री डा. वाग्ले बैंकक प्रस्थान


  • मेरोभ्यूज
  • आश्विन २७, २०८३ मंगलबार

  • Finance Minister Dr Wag;e 27b .jpg

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन ।

    उक्त प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र अन्तरराष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी भएका छन ।

    बैंकक बसाइका क्रममा अर्थमन्त्री डा. वाग्लेले वार्षिक बैठकअन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय प्लेनरी सत्र, मन्त्रीस्तरीय गोलमेच सम्मेलन तथा द्विपक्षीय वार्ताहरूमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

    बैठक अवधिमा अर्थमन्त्री डा. वाग्लेले अन्तरराष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक, विश्व बैंकका सञ्चालन प्रबन्ध निर्देशक र एसियाली विकास बैंकका अध्यक्षसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

    यस्तै, द्विपक्षीय बैठकमा सन् २०२७ मा शक्ति राष्ट्रहरूको अन्तरसरकारी फोरम (जी २०) को अध्यक्षता गर्ने बेलायतका विदेश मन्त्रीसँग द्विपक्षीय भेटघाट एवं बहुपक्षीय कार्यक्रमहरूमा पनि उनी सहभागी हुनेछ ।

    उनले आर्थिक विषयहरूका साथै विपद् व्यवस्थापनलाई प्राथमिकता दिँदै प्राकृतिक प्रकोप र चरम मौसमी घटनाहरूको पूर्वतयारीसम्बन्धी विशेष सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

    Finance Minister Dr Wag;e 27a .jpg


    प्रकाशित : मंगलबार, आश्विन २७ २०८३१०:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार