२०८३, कार्तिक १२ गते बिहीबार

डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै


  • मेरोभ्यूज
  • आश्विन २८, २०८३ बुधबार

  • डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

     

    लमजुङ । डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि बाइसजाँघरसम्म सडक विस्तारको काम भइरहेको छ ।

    उक्तखण्डमा करिब ८.९ किलोमिटर सडक विस्तार एवं कालोपत्रे गर्ने काम धमाधम अघि बढेको छ ।

    उक्त सडक निर्माणको जिम्मा पिके निर्माण सेवा दाङले लिएको छ । रु. ६२ करोडमा ठेक्का सम्झौता भएको सडकखण्डको हालसम्म करिब ३२ प्रतिशत भौतिक प्रगति भएको डुम्रे–बेँसीसहर सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिए ।

    आयोजनाका अनुसार २०८२ साल जेठमा सम्झौता भएको उक्त सडकखण्ड २०८४ जेठसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

    हाल सडक चौडा बनाउने, पर्खाल तथा नाली निर्माण र बेस तयार गर्ने काम भइरहेको छ । कालोपत्रे, कल्भर्ट निर्माण तथा रङरोगन गर्न बाँकी छ ।

    त्यसैगरी, चालु आर्थिक वर्षमा तनहुँको बाइसजाँगरदेखि लमजुङ–तनहुँ सिमाना हुँदै लमजुङको सुन्दरबजार नगरपालिका–७ पाउँदीसम्मको करिब ६.५ किलोमिटर सडक दुई लेनमा विस्तार गर्न रु. ६८ करोड बजेट विनियोजन भएको छ ।

    सो सडकखण्डको ठेक्का आह्वान भइसकेको र ठेकेदार छनोट प्रक्रिया अघि बढेको आयोजनाले जनाएको छ ।

    लमजुङ, मनाङलगायतका जिल्लालाई जोड्ने प्रमुख मार्गका रूपमा रहेको उक्त सडक हुँदै अन्नपूर्ण पदमार्गमा जाने आन्तरिक तथा विदेशी पर्यटकहरू आवत-जावत गर्ने गर्छन् ।

    सडक दुई लेनमा विस्तार भएपछि यातायात सहज हुनुका साथै पर्यटन आवागमनमा वृद्धि हुने अपेक्षा छ ।


    प्रकाशित : बुधबार, आश्विन २८ २०८३१०:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार