२०८३, कार्तिक ११ गते बुधबार

चीनले नेपालसँग जल विज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदान-प्रदान गर्ने

चीनले नेपालसँग जल विज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदान-प्रदान गर्ने


  • मेरोभ्यूज
  • आश्विन २८, २०८३ बुधबार

  • चीनले नेपालसँग जल विज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदान-प्रदान गर्ने

     

    काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जल विज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदान-प्रदान गर्ने जनाएको छ ।

    उद्धार तथा विपद् राहत प्रयासका लागि सो सहयोग गर्ने यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ ।

    त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिमसम्बन्धी सूचनासमेत समेटिनेछन् ।

    चीनको मौसमसम्बन्धी निकायले चीन र नेपालबीचको केरुङ–रसुवा सीमानाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्वचेतावनी तथा प्रभावसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।

    विपद्लगत्तै चिनियाँ प्रशासनले नेपालको मौसम विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरेको र नेपालको उद्धार तथा राहत कार्यका लागि मौसमसम्बन्धी सहयोग सक्रिय रूपमा उपलब्ध गराउँदै आएको समेत जनाएको छ ।


    प्रकाशित : बुधबार, आश्विन २८ २०८३१०:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार