२०८३, कार्तिक १२ गते बिहीबार

बाढीपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुन:निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई अर्थमन्त्रीको आग्रह

बाढीपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुन:निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई अर्थमन्त्रीको आग्रह


  • मेरोभ्यूज
  • आश्विन २९, २०८३ बिहीबार

  • बाढीपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुन:निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई अर्थमन्त्रीको आग्रह

    Finance Minister Dr Wagle 29a .jpg

    काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुन:निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेको छ ।

    थाइल्याण्डको राजधानी बैङ्ककमा जारी विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैङ्ककमा रहेका अर्थमन्त्री डा. वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच बिहिबार भेटवार्ता भएको थियो ।

    सो भेटवार्तामा अर्थमन्त्री डा.वाग्लेले विपद्पश्चातको पुनरुत्थान, जलवायु-उत्थानशील पुन:निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकताहरू अगाडि बढाउनका लागि स्रोत परिचालन गर्न बैंकका अध्यक्ष मासातो कान्दालाई आग्रह गरेका थिए ।

    विनाशकारी बाढीपछि उद्धार कार्यमा सहयोग गर्न आपतकालीन अनुदानको छिटो स्वीकृति र हार्दिक ऐक्यबद्धताका लागि मन्त्री वाग्लेले एशियाली विकास बैंकप्रति नेपालको तर्फबाट कृतज्ञता व्यक्त गरे ।

    अर्थमन्त्री डा.वाग्लेसँगको भेटमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य आफूहरूको उच्च प्राथमिकतामा रहेको बताए ।

    छलफलमा भ्रमण दलमा रहेका अर्थ सचिव डा.घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्सालको पनि सहभागिता थियो ।

     


    प्रकाशित : बिहीबार , आश्विन २९ २०८३१०:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार