२०८३, कार्तिक १३ गते शुक्रबार

पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिको छलफल

पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिको छलफल


  • मेरोभ्यूज
  • कार्तिक १, २०८३ आइतबार

  • President Dr Baidhya 1a .jpg

    काठमाडौँ । पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिको आयोजनामा प्रसिद्ध संस्कृतविद महेश्वर जुजु राजोपाध्यायको सभापतित्वमा शनिबार रामायण होटल, खुशीवुँ काठमाडौँमा सम्पन्न भएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथिको आशनग्रहण गर्दै राजपरिषद स्थायी समितिका पूर्वसम्मानीय प्रा.डा. रत्नकमल वैद्यले नेपाल सम्वतलाई ब्यवहारिकरुपमा कार्यान्वयन गर्न जोड गर्नुभयो ।

    President Dr Baidhya 1g .jpg

    यसैगरी ईन्जिनीयर हरिनारायण मल्लले पेस गर्नु भएको 'नयाँ नेपाल सम्वत र सत्य युगको प्रादुर्भाव' विषयक कार्यपत्र माथि विभिन्न विषय विज्ञ वक्ताहरुले यस विषयमा आ-आफ्नो धारणा राखेका थिए ।

    पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ र इतिहासकार दिनेशराज पन्तबाट नेपाल सम्वत बारे तुलनात्मक विश्लेषण गर्दै नेपाल मण्डलमा सम्पूर्ण देशवासीहरुले नेपाल सम्वत लागु गर्ने विषय विभिन्न तर्क प्रस्तुत गरेका थिए ।

    धर्म तथा ज्योतिष, इतिहास तथा जात्रा पर्व, सरकारी पक्ष र आर्थिक समूहविभाजन गरेर छलफल तथा सुधारका बारेमा चर्चा गरियो ।

    धर्म तथा ज्योतिष समूका संयोजक डा. दयाराम श्रेष्ठ लुभु, इतिहास तथा जात्रा समूहका संयोजक भिक्षु आनन्द, कार्यक्रम संचालक एवम् सरकारी समूहका संयोजक प्रा.डा. श्रीरामप्रसाद उपाध्याय तथा आर्थिक समूहका संयोजक रामलाल श्रेष्ठले नयाँ नेपाल सम्वत लागु गर्ने बारेमा आ-आफ्नो धारणा राखेका थिए । साथै दिनेशराज पन्त, नेता नारायणकाजी श्रेष्ठ, डा. नुतनधर शर्मा, महेश्वरमान सिंह, आरके (राजु) शाक्य, शंकर मघैयालगायतले पनि नेपाल सम्वत लागु गर्ने बारे आ-आफ्नो धारणा राखेका थिए ।  

    President Dr Baidhya 1d .jpgPresident Dr Baidhya 1c .jpgPresident Dr Baidhya 1e .jpgPresident Dr Baidhya 1f .jpg


    प्रकाशित : आइतबार, कार्तिक १ २०८३०१:२७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार