नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली आइपुगेको छ ।
एयर इन्डियाको नियमित उडानबाट उन नयाँदिल्ली आइपुगेको हो । दुई सदस्यीय भ्रमण दलमा उनी र उनका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना सहभागी भएका छन् ।
अर्थमन्त्री डा.वाग्लेलाई इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षामा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका थिए ।
भारतीय ख्यातिप्राप्त टेलिभिजन च्यानल NDTV को ‘NDTV वर्ल्ड समिट २०२६’ को उच्चस्तरीय प्यानलमा अतिथि र वक्ताका रूपमा सम्बोधन गर्न उनी यहाँ आइपुगेको हो ।
उनी उक्त समिटअन्तर्गत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा. एस. जयशङ्करको विशेष सम्बोधन सत्रमा अतिथिका रूपमा सहभागी भएको छ ।
उनी समिटअन्तर्गतको आफ्नो सत्रमा सहभागी भएर उनले सम्बोधन गर्ने कार्यतालिका भएको थियो ।
“निकटताबाट समृद्धि: भारत-नेपाल अवसर” शीर्षकको अन्तरक्रियामा उनी सहभागी भएका थिए ।

