२०८३, कार्तिक १२ गते बिहीबार

गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी

गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी


  • मेरोभ्यूज
  • कार्तिक १०, २०८३ मंगलबार

  • गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी

     

    धनगढी । कैलालीको कैलारी गाउँपालिका–५ बैजपुरमा १५ शय्याको कैलारी आधारभूत अस्पताल सञ्चालनमा आएसँगै स्थानीय खुसी भएका छन् ।

    अस्पताल सञ्चालनमा आएसँगै स्वास्थ्यमा सामान्य समस्या देखिँदासमेत उपचार गर्न गाउँपालिका बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको जनाउँदै उनीहरू हर्षित भएका हुन् ।

    गाउँपालिकाका प्रशासकीय अधिकृत दलबहादुर धामीले अस्पताल सञ्चालनका लागि पालिकाले आवश्यक जनशक्ति, उपकरण तथा अन्य आवश्यक व्यवस्थापन मिलाइएकाले गुणस्तरीय सेवा प्रदान भइरहेको बताए ।

    स्थानीयले अस्पताल सञ्चालनमा आएको विषयलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा लिएका छन् ।

    उक्त गाउँपालिका–५ बैजपुरकी प्रेमदेवी चौधरीले भनिन्, “स्वास्थ्यमा कुनै अप्ठ्यारो भइहालेमा उपचार गर्न धनगढीलगायतका अस्पतालमा धाउनु पर्ने बाध्यता अब अन्त्य भएको छ । घर नजिकै अस्पतालको सुविधा भएपछि निकै सहज भएको छ, उपचार गराउन आवत-जावत गर्दा लाग्ने समय र खर्च जोगिएको छ ।”

    गाउँमै सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आउँदा स्वास्थ्य सेवाको दृष्टिकोणले महत्त्वपूर्ण कार्य भएको भनी स्थानीय चरणलाल चौधरीले खुसी व्यक्त गरे ।

    गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले रु. १८ करोड ५२ लाख ६३ हजार आठ सय ६९ को लागतमा अस्पताल भवन निर्माण भएको जनाउँदै अस्पताल सञ्चालनमा आएसँगै इमरजेन्सी, भिडियो एक्स-रेलगायतका सेवा विस्तारमा ध्यान दिइएको जानकारी दिए ।

    अस्पतालका निमित्त प्रमुख बलबहादुर धानुकका अनुसार अस्पतालमा हाल ओपिडी, फार्मेसी, प्रयोगशाला, इसिजी सेवा तथा २४ सै घण्टा प्रसुति सेवा उपलब्ध छन् ।

    अस्पताल सञ्चालनमा आएको एक महिनाको अवधिमा उक्त अस्पतालबाट एक हजार दुई सय जना बिरामीले विभिन्न उपचार सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा हाल एक मेडिकल अधिकृतसहित १८ जना कर्मचारी छन् ।


    प्रकाशित : मंगलबार, कार्तिक १० २०८३०८:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार