२०८३, कार्तिक १२ गते बिहीबार

काभ्रेमा विद्युतीय राहदानी सेवा सुरु

काभ्रेमा विद्युतीय राहदानी सेवा सुरु


  • रासस
  • माघ १६, २०७८ आइतबार

  • काभ्रेमा विद्युतीय राहदानी सेवा सुरु

    काठमाडाैं । काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट आजदेखि विद्युतीय राहदानी वितरण सेवा सुरु भएको छ । यसअघि मेसिन रिडेवल पासपोर्ट वितरण गर्दै आएको कार्यालयले आजबाट विद्युतीय राहदानी सेवा सुरु गरेको हो ।

    काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले राज्यले लिएको नीति अनुसार छिटोछरितो सेवाका लागि जिल्ला प्रशासन कार्यालयबाट अब मेसिन रिडेवल पासपोर्टबाट ई–पासपोर्ट सेवा सुरु गरेको बताइन् ।

    आजबाट नै सुरु भएको सो सेवा अहिले कोरोना सङ्क्रमण जोखिमका कारण आगामी माघ २१ गतेसम्मका लागि अत्यावश्यक परेका सेवाग्राहीलाई मात्र वितरण भएको उनले बताइन् । त्यसको लागि घरमा नै विद्युतीय माध्यमबाट फर्म भरेर आवश्यक पर्ने विवरण प्रविष्ट गरेपछि उक्त सफ्ट कपिलाई कार्यालयबाट रुजु गर्ने काम हुने र त्यसैको आधारमा राहदानी वितरण हुने प्रमुख जिल्ला अधिकारी पाण्डेकाे भनाइ छ ।

    भरेको फर्म सिधैँ राहदानी विभागमा जाने भएकाले छिटो र सहज तरिकाले तत्कालै विद्युतीय राहदानी सेवा उपलब्ध हुने उनको भनाइ छ । त्यसको लागि बैंकको शाखा पनि नजिकै चाहिने हुनाले शाखा सञ्चालनको व्यवस्थापन गर्ने काम भइरहेकोले केही दिनका लागि बैंकसम्म पुगेर भुक्तानी गर्नुपर्ने अवस्था रहेको जनाएको छ ।

    विद्युतीय राहदानी फर्म भर्नका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य भर्नुपर्ने भएकाले त्यसको लागि राष्ट्रिय परिचयपत्र नलिएकालाई सो सेवा पनि सँगसँगै दिने काम भएको उनले बताइन् ।


    प्रकाशित : आइतबार, माघ १६ २०७८०७:१२
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार