२०८३, कार्तिक १२ गते बिहीबार

अनलाइन जुवा खेल्दै गरेका ७४ पक्राउ

अनलाइन जुवा खेल्दै गरेका ७४ पक्राउ


  • मेरोभ्यूज
  • माघ १७, २०७८ सोमबार

  • अनलाइन जुवा खेल्दै गरेका ७४ पक्राउ

    काठमाडाैं । बौद्धस्थित प्लटिङ नजिकको एक रेष्टुरेन्टमा जुवा (बिङ्गो) खेल्दै गरेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा आइतबार साँझ महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।

    कोभिड–१९ को महामारीको समयमा ठूलो सङ्ख्यामा मानिस भेला भई अनलाइन बिङ्गो खेलमा संलग्न रहेका भनी विशेष सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो । उक्त खेलमा प्रयोग गरिने सामग्री मोबाइल, बिङ्गो खेल्न प्रयोग गरिने कुपन र नगदसमेत नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    उनीहरुको साथबाट रु ६ लाखभन्दा बढी रकमसमेत बरामद गरिएको छ । उनीहरूमाथि बौद्ध प्रहरीले मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–५ अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत थप अनुसन्धान गरिरहेको छ ।


    प्रकाशित : सोमबार, माघ १७ २०७८०८:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार