२०८३, कार्तिक १२ गते बिहीबार

चेपाङ समुदायकाे वस्ती रहेकाे राक्सिराङमा कोरोनाविरुद्ध खोप अभियान

चेपाङ समुदायकाे वस्ती रहेकाे राक्सिराङमा कोरोनाविरुद्ध खोप अभियान


  • रासस
  • माघ १८, २०७८ मंगलबार

  • चेपाङ समुदायकाे वस्ती रहेकाे राक्सिराङमा कोरोनाविरुद्ध खोप अभियान

    हेटाैंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङको पहलमा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा कोरोना सङ्क्रमण विरुद्धको खोप अभियान सुरु भएको छ ।

    सो गाउँपालिका–६ र ७ मा गरी ६ वटा केन्द्र तोकेर कोरोनाविरुद्धको भेरोसिल र कोभिसिल्ड खोप लगाउन सुरु गरिएको सो गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विजय कापरीले जानकरी दिए ।

    गाउँपालिका–६ र ७ मा करिब एक हजार ५०० जनालाई खोप लगाउने लक्ष्य रहेको कापरीको भनाइ रहेको छ । यसअघि राक्सिराङ गाउँपालिकाको ६ र ७ बाहेक सबै वडामा शिविर राखेर खोप अभियान सुरु गरिएको थियो, जस अन्तर्गत चार हजार भन्दा बढीले खोप लगाएको स्वास्थ्य शाखाले जनाएको छ ।

    कोरोना महामारीबाट जोगिनका लागि टोल–टोलमा खोप अभियान सुरु गर्दा खोप अभियान सफल हुने र कारोना महामारीबाट बच्ने राज्यमन्त्री चेपाङको भनाइ रहेको छ । सोमबारदेखि सुरु भएको सो अभियान तीन दिनसम्म चल्ने छ । सो अभियानबाट सोमबार २५४ जनाले खोप लगाएको बताइएको छ ।

    गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाको खोप केन्द्र धेरै टाढा भएकोले टोल–टोलमा पुगेर खोप अभियान सुरु गरिएको र यो अभियान सफल हुँदै गएको बताए । त्यहाँ चेपाङ र मगर समुदायको बस्ती रहेको छ ।


    प्रकाशित : मंगलबार, माघ १८ २०७८०६:२०
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार