२०८३, कार्तिक १३ गते शुक्रबार

भरतपुरमा सुकुम्बासीलाई भूमिको निस्सा वितरण

भरतपुरमा सुकुम्बासीलाई भूमिको निस्सा वितरण


  • रासस
  • माघ १९, २०७८ बुधबार

  • भरतपुरमा सुकुम्बासीलाई भूमिको निस्सा वितरण

    मुग्लिन । चितवनको भरतपुर महानगरमा लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग चितवनको सहकार्यमा भरतपुर महानगर १४ शिवनगर वडा कार्यालय परिसरबाट निस्सा वितरण सुरु गरिएको हो ।

    भरतपुर महानगरकी प्रमुख रेनु दाहाल, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, वडा नं १४ का अध्यक्षसहितको टोलीले निस्सा वितरण गरे । पुर्जा वितरणको अन्तिम प्रक्रियाका लागि नापीको पनि काम सुरु भएको तिमिल्सिनाले जानकारी दिए ।

    जिल्लाका तीन स्थानीय तहमा लालपुर्जा वितरणका लागि प्राविधिकसहितको टोली वडा वडामा खटिएको छ । लालपुर्जा वितरण चाँडै गरिने अध्यक्ष तिमिल्सिनाले बताए ।

    आयोगले भरतपुर महानगरपालिकाको ६ तथा कालिका नगर र माडी नगरका तीन–तीन वडाबाट पहिलो चरणमा काम सुरु गरेको हो । भरतपुर महानगरमा मात्रै १० हजार २९, कालिका नगरमा पाँच हजार ५५९ र माडीनगरमा पाँच हजार ४५६ दलित, भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपुर्जाको माग गर्दै निवेदन दिएका छन् ।


    प्रकाशित : बुधबार, माघ १९ २०७८०९:५१
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार