२०८३, कार्तिक १२ गते बिहीबार

स्थानीय तह निर्वाचन सुरक्षाबारे छलफल

स्थानीय तह निर्वाचन सुरक्षाबारे छलफल


  • मेरोभ्यूज
  • माघ १९, २०७८ बुधबार

  • स्थानीय तह निर्वाचन सुरक्षाबारे छलफल

    काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रस्तावित आगामी स्थानीय तह निर्वाचन सुरक्षा व्यवस्थापन र तयारीबारे छलफल भएको छ ।

    बैठकमा निर्वाचन आयोगद्वारा आगामी जेठ ४ गतेका लागि प्रस्ताव भएको स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापन र वर्तमान सुरक्षा अवस्थाबारे छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

    बैठकमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलले निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक सुरक्षाका सामग्री र सुरक्षा व्यवस्थाबारे धारणा राखेका थिए । 


    प्रकाशित : बुधबार, माघ १९ २०७८०८:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार