२०८३, कार्तिक १२ गते बिहीबार

आजदेखि सुकुम्बासीको जग्गा नापिने

आजदेखि सुकुम्बासीको जग्गा नापिने


  • रासस
  • माघ २०, २०७८ बिहीबार

  • आजदेखि सुकुम्बासीको जग्गा नापिने

    चितवन । जिल्लाका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो । आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई बुधबार प्रशिक्षण दिएको थियो ।

    आयोगका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीनाका अनुसार भरतपुरका छ वडा, कालिका र माडीका ३/३ वडाबाट काम सुरु गर्न लागिएको हो । सुरुवाती गरेका वडा सकिएसँगै अन्य वडाको काम थालिने छ । भरतपुरमा ३५ दिन, कालिका नगरपालिकामा २० दिन र माडी नगरपालिकामा १५ दिनमा काम सम्पन्न गरि सम्बन्धित पालिकामा लगत बुझाउने गरि योजना बनाइएको छ ।

    पालिकाले जिल्लास्थित राष्ट्रिय भूमि आयोगमा सो लगत पठाउने छ । तिमिल्सीनाका अनुसार नापजाँचका लागि २७ अमिन र नौ सर्वेक्षकलाई प्रशिक्षण दिइएको छ ।


    प्रकाशित : बिहीबार , माघ २० २०७८०९:४४
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार