काठमाडाैं । नेपाल टेलिकमको फाइबर इन्टरनेट ६३ जिल्लामा पुगेको छ । कम्पनीको १८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा निमित्त कार्यकारी निर्देशक प्रतिभा वैद्यले चालु आवको पुस मसान्तसम्म ६१ हजार ८०० नयाँ ग्राहक थपिएको जानकारी दिइन् ।
टेलिकमले यसवर्ष चार लाख ग्राहकका लागि नेटवर्क तयार पार्ने र दुई लाख २६ हजार नयाँ ग्राहक थप गर्ने लक्ष्य लिएकाे छ । टेलिकमकाे भीओएलटीई सेवा प्रयोग गर्ने ग्राहक सङ्ख्या १० लाख नाघेको छ ।

