२०८३, कार्तिक १२ गते बिहीबार

क्रिप्टोकरेन्सी, हाइपर फन्ड, अनलाइन बेटिङ जस्ता वेबसाइटमाथि प्रतिबन्ध

क्रिप्टोकरेन्सी, हाइपर फन्ड, अनलाइन बेटिङ जस्ता वेबसाइटमाथि प्रतिबन्ध


  • मेरोभ्यूज
  • चैत्र १, २०७८ मंगलबार

  • क्रिप्टोकरेन्सी, हाइपर फन्ड, अनलाइन बेटिङ जस्ता वेबसाइटमाथि प्रतिबन्ध

    काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङलगायत अनलाइनमार्फत खेलाइन गेम नेपालमा प्रतिबन्ध लगाउँन सबै सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले सोमबार सबै सेवाप्रदायक कम्पनीहरुलाई पत्र पठाउँदै अनलाईनमार्फत हुने गेमहरु नेपालमा प्रतिबन्ध लगाउन निर्देशन दिएको हो ।

    ‘अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइइन, हाईपर नेटवर्किङ, अनलाइन जुवालगायत गैरकानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेवसाइट, एप, अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालोसूचीमा राखिदिने व्यवस्थाको लागि अर्थ मन्त्रालयको मन्त्रिस्तरको निर्णयानुसार अनुरोध भई आएकाले निर्देशानुसार ती अनलाइन बन्द गर्न अनुरोध छ’, प्राधिकरणले सेवाप्रदायक कम्पनीलाई गरेको परिपत्रमा भनिएको छ ।

    यसअघि नेपाल राष्ट्र बैंकले नेपालमा गैरकानूनी व्यवसायको रुपमा मानिएको भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको थियो । पछिल्लो समय नेपालमा गौरकानूनी मानिएको क्रप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङ कारोबार भइरहेको जनाइएकाे छ । राजश्व अनुसन्धान विभागले सो व्यवसायमा संलग्न भएको भन्दै विभिन्न व्यक्ति विरुद्ध मागदाबी गर्दै मुद्धा दर्ता गरेको छ ।


    प्रकाशित : मंगलबार, चैत्र १ २०७८१०:२७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार