काठमाडाैं । चर्काे आर्थिक संकट व्यहाेरिरहेकाे श्रीलंकाकाे मन्त्रिपरिषद्का सबै सदस्यले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्द राजपक्ष नेतृत्वकाे मन्त्रिमण्डलका २६ सदस्यले सामूहिक राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री महिन्द राजपक्ष र उनका दाई राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गरेका छैनन्। आर्थिक संकट गहिरिँदै गएपछि श्रीलंकाली जनता सरकारकाे विराेधमा सडकमा उत्रिएका छन् । सरकारले प्रमुख शहरहरूमा कर्फ्यु लगाएकाे छ । कर्फ्युको अवज्ञा गर्दै सर्वसाधारणहरूले सडक प्रदर्शन गरेका थिए।
श्रीलङ्का सन् १९४८मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ। लगभग आधा दिन लोडसेडिङ, खाद्यान्न, औषधि अनि इन्धनको अभावका कारण सर्वसाधारणहरू क्रुद्ध भएका छन्।

