२०८३, कार्तिक १२ गते बिहीबार

वैदेशिक रोजगारीका नाममा कन्सल्टेन्सीबाट एक महिनामै ५ करोड ठगी

वैदेशिक रोजगारीका नाममा कन्सल्टेन्सीबाट एक महिनामै ५ करोड ठगी


  • मेरोभ्यूज
  • जेठ २०, २०७९ शुक्रबार

  • वैदेशिक रोजगारीका नाममा कन्सल्टेन्सीबाट एक महिनामै ५ करोड ठगी

    काठमाडाैं । पछिल्लो समय शैक्षिक परामर्श सेवाका लागि शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर खोलिएका संस्था नै वैदेशिक रोजगार व्यवसायमा जोडिएर करोडौं रकम असुल्ने गरेको पाइएको छ । कतिपय शैक्षिक परामर्श संस्थाले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौं रुपैया अरुली गरी संचालक फरार हुने गरेको उजुरी विभागमा परेको छ ।

    विभागले हालै इन्टरनेसनल एक्पो एन्ड ट्राभल सर्भिस प्राली र जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सी सर्भिस प्रालिले १४४ जनाबाट साढे ४ करोड उठाएपछि वैदेशिक रोजगार न्ययाधीकरणका मुद्दा दायर गरेको महानिर्देशक शेषनारायण पौडेलले बताए ।

    पौडेलले शैक्षिक परामर्श सेवाका नाममा खुलेका धेरै संस्थाले वैदेशिक रोजगारीको काम गरिरहेकामध्ये हाल ३ वटाको मुद्धा वैदेशिक रोजगार न्यायाधीकरणमा दायर गरिएको बताए । एक शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र व्याक्तिगत सहित पछिल्लो महिनामा मात्र ४ करोड ९३ लाखको दाबी र सोको हर्जना सहित ७ करोड रुपैयाका बराबरको मुद्धा दायर गरिएको छ ।


    प्रकाशित : शुक्रबार, जेठ २० २०७९०९:०५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार