२०८३, कार्तिक १२ गते बिहीबार

च्याउ खेतीबाट रोजगारी पाउन र मनग्य आम्दानी लिन सफल मङ्गल

च्याउ खेतीबाट रोजगारी पाउन र मनग्य आम्दानी लिन सफल मङ्गल


  • मेरोभ्यूज
  • श्रावण २९, २०८३ शुक्रबार

  • च्याउ खेतीबाट रोजगारी पाउन र मनग्य आम्दानी लिन सफल मङ्गल

     

    कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउ खेती गर्दै आएका छन् ।

    चौधरीले छ वर्षदेखि सुभाष बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर च्याउ खेती गर्दै आएका हुन् । एउटा टनेलबाट च्याउ खेती शुरु गरेका चौधरीले हाल पाँच कट्ठा जग्गामा १५ वटा टनेलबाट च्याउ उत्पादन गर्दै आएको बताए ।

    बाह्रै महिना च्याउ उत्पादन गर्ने गरेको बताउँदै चौधरीले आम्दानी पनि राम्रो हुने गरेको जानकारी दिए ।

    उनले भने, “वार्षिक रु. वीस लाख बराबरको च्याउ बिक्री हुन्छ । सबै खर्च कटाएर वार्षिक रु. दस लाख आम्दानी हुन्छ । यस वर्ष रु. ३० लाखसम्मको च्याउ बिक्री गर्ने लक्ष्य छ ।”

    पहिले ज्ञान र सीपको कमीले छ महिना मात्रै च्याउ उत्पादन गर्ने गरेकोमा हाल उनले बाह्रै महिना च्याउ उत्पादन गर्दै आएका छन् ।

    चौधरीले उत्पादन गरेको कन्य च्याउ हाल बजारमा प्रतिकिलो रु. दुई सय ५० का दरले बिक्री हुँदै आएको छ ।

    उनले भने, “कन्य च्याउको उत्पादन बढी हुन्छ । यसको खपत पनि राम्रो छ । लागत पनि कम छ । त्यसैले कन्य च्याउ नै उत्पादन गर्ने गरेको छु ।” चौधरीले च्याउ फार्ममा दैनिक ज्यालादारीमा चार जनालाई रोजगारीसमेत दिएको र दैनिक प्रतिव्यक्ति रु. छ सयदेखि आठ सयसम्म ज्याला दिने गरेको बताउँछन् ।

    लगानी कम र आम्दानी बढी भए पनि बजारको मागअनुसार च्याउ आपूर्ति गर्न कठिनाइ भइरहेको चौधरीजस्तै व्यावसायिक च्याउ खेती गर्दै आएका किसानहरू बताउँछन् ।

    पछिल्लो समय बजारमा माग अत्यधिक रहेकाले च्याउ खेतीको आम्दानीले सहजै जीविकोपार्जन हुने उनीहरूको भनाइ छ ।

    च्याउ खेतीबाट भएको आम्दानीले सबै घर खर्च र छोराछोरीको पढाइलेखाइ खर्च सजिलै जुटेको उनीहरू बताउँछन् ।

    मिहिनेत गरे आफ्नै देशमा रोजगारी पाउन र राम्रै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणी पात्रका रूपमा व्यावसायिक च्याउ खेती गर्दै आएका चौधरी रहेका छन् ।


    प्रकाशित : शुक्रबार, श्रावण २९ २०८३०९:४५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार