२०८३, कार्तिक ११ गते बुधबार

लिङ्देनलाई पत्र लेख्दै कमल थापाले भने- निर्मल निवासकाे अगाडि काेही पनि सुरक्षित छैन

लिङ्देनलाई पत्र लेख्दै कमल थापाले भने- निर्मल निवासकाे अगाडि काेही पनि सुरक्षित छैन


  • मेरोभ्यूज
  • मंसिर २७, २०७८ सोमबार

  • लिङ्देनलाई पत्र लेख्दै कमल थापाले भने- निर्मल निवासकाे अगाडि काेही पनि सुरक्षित छैन

    काठमाडाैं । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएर चुनावमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्न आग्रह गरेका छन् । उनले निर्मल निवासबाट कोही पनि सुरक्षित नभएको पनि बताएका छन् ।

    ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर राजसंस्थाको एजेण्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्दछ भने निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन । तपाईं पनि हुनहुन्न’, थापाले पत्रमा भनेका छन्, ‘तपाईंको योग्यता र क्षमताबाट म प्रभावित छु । तर, ढिलो चाँडो तपाई पनि यो प्रवृत्तिको शिकार अवश्य हुनु हुनेछ । पार्टी भित्र यस्तो अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण छ ।’  

    थापाले राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरु गर्न पनि लिङ्देनलाई आग्रह गरेका छन् । यस विषयको निराकरण नभएसम्म पार्टीले गति लिन नसक्ने पनि थापाले जिकिर गरेका छन् । 

    Kamal Thapa Statement.jfif

    Kamal Thapa Statement1.jfif

    Kamal Thapa Statement2.jfif


    प्रकाशित : सोमबार, मंसिर २७ २०७८०९:५७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार