काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा विधान परिमार्जनसहित पारित भएको छ । माओवादीकाे प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझावका आधारमा तयार गरिएको परिमार्जित विधान पारित गरिएको हो ।
अधिवेशनमा अध्यक्ष दाहालले विधानलाई समृद्ध बनाउन महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी दिँदै उनले पार्टीकाे विचार अझ बढी केन्द्रित र संश्लेषित हुने बताए । विधान सम्मेलनबाट पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताए ।
मंगलबारदेखि राजधानीमा सुरू भएकाे माओवादीकाे प्रथम विधान अधिवेशनमा अध्यक्ष दाहालद्वारा पेस भएको विधान मस्यौदामाथि २० समूहहरुबाट सुझाव सङ्कलन गरिएको थियो ।

