२०८३, कार्तिक १२ गते बिहीबार

माओवादी स्थायी समितिमा तराई–मधेस जागरण अभियान सम्बन्धमा छलफल

माओवादी स्थायी समितिमा तराई–मधेस जागरण अभियान सम्बन्धमा छलफल


  • मेरोभ्यूज
  • फाल्गुण १०, २०८० बिहीबार

  • माओवादी स्थायी समितिमा तराई–मधेस जागरण अभियान सम्बन्धमा छलफल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले तराई मधेसका क्षेत्रमा पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले तराई–मधेस (हुलाकी राजमार्ग) जागरण अभियानको तयारीका सम्बन्धमा छलफल गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा आगामी चैत १ देखि १५ गतेसम्म सञ्चालन हुने दोस्रो चरणको अभियानका बारेमा छलफल भएको सचिव गणेश साहले जानकारी दिए । 

    उक्त अभियानको ‘रुट’का सम्बन्धमा पनि बैठकमा सामान्य छलफल भएको उनले बताए । अभियान झापाको चन्द्रगढीबाट सुरु भएर वीरगन्ज, ठोरी, माडी चितवन हुँदै पश्चिम नेपालसम्म पुग्नेछ । हुलाकी राजमार्गलाई आधार मानेर अभियान सञ्चालन गर्ने माओवादी तयारी छ ।

    गत भदौदेखि पुससम्म देशभर चलेको ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ सफल भएको निष्कर्ष निकालेको माओवादीले तराई मधेस लक्षित जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । 

    आजको बैठकमा अघिल्लो रुपान्तरण अभियानको समीक्षासमेत भएको सचिव साहले जानकारी दिए । बैठकले अभियानको मूल्याङ्कन गर्दै सहयोग गर्नेलाई पुरस्कार र असहयोग गर्नेलाई दण्डको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ । बैठकमा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका इन्चार्जले अभियानका बारेमा ‘रिपोर्टिङ’ गरेका थिए । स्थायी समिति बैठक भोलि पुनः अपराह्न १ बजे बस्ने तय भएको छ ।

     


    प्रकाशित : बिहीबार , फाल्गुण १० २०८००६:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार