२०८३, कार्तिक १३ गते शुक्रबार

एमालेमाथि बाबुरामको कटाक्ष : बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ

एमालेमाथि बाबुरामको कटाक्ष : बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ


  • मेरोभ्यूज
  • पौष ६, २०७८ मंगलबार

  • एमालेमाथि बाबुरामको कटाक्ष : बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ

    काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमालेले लामो समयसम्म प्रतिनिधिसभालाई बन्धक बनाउने काम गरेको भन्दै आक्रोश पोखेका छन् । पार्टी फुटेको रीस र केपी ओलीको सनकको भरमा एमालेले प्रतिनिधिसभालाई बन्धक बनाएको भट्टराईको आरोप छ । 

    ‘पार्टी फुटेको रीस र खड्गप्रसादको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौंसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास हो ? के यही हो उसको जबज ?’ भट्टराईको ट्वीटरमा आक्रोश पोखेका छन् ।  यसैलाई नजीर मानेर भविष्यमा अरू प्रतिपक्षी दलले सदन चल्न नदिए लोकतन्त्र बॉच्छ भन्ने प्रश्न पनि बाबुरामले गरेका छन् । 

    उनले एमालेलाई कटाक्ष गर्दै अगाडि लेखेका छन्, ‘बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ है !’


    प्रकाशित : मंगलबार, पौष ६ २०७८०९:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार