२०८३, कार्तिक १२ गते बिहीबार

माओवादीले दाहाल र कांग्रेसले शर्मालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने

माओवादीले दाहाल र कांग्रेसले शर्मालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने


  • मेरोभ्यूज
  • फाल्गुण २७, २०८० आइतबार

  • माओवादीले दाहाल र कांग्रेसले  शर्मालाई  राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पदाधिकारी बैठकले सांसद दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले राससलाई जानकारी दिए ।

    यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट शर्माको उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।

    बैठकले शर्माको पक्षमा मतदान गर्न राष्ट्रियसभामा रहेका अन्य राजनीतिक दल तथा सदस्यहरुसँग अनुरोध गर्ने निर्णय गरेको संसदीय दलका नेताको सचिवालयले जनाएको छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि सोमबार बिहान ११ देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ । यही फागुन २९ गते मङ्गलबार राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदैछ । 

     


    प्रकाशित : आइतबार, फाल्गुण २७ २०८००९:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार