२०८३, कार्तिक ११ गते बुधबार

एक-अर्काको प्रशंसामा देउवा - प्रचण्ड

एक-अर्काको प्रशंसामा देउवा - प्रचण्ड


  • मेरोभ्यूज
  • पौष १२, २०७८ सोमबार

  • एक-अर्काको प्रशंसामा देउवा - प्रचण्ड
    फाइल फोटो

    काठमाडाैं । कुनै समय एकअर्काका विरूद्ध युद्धमा हाेमिएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एकअर्काकाे प्रसंशा गरेका छन् । माओवादी केन्द्रको महाधिवेशनकाे उद्घाटन समारोहमा बोल्दै देउवाले र प्रचण्डले एक-अर्काको प्रसंशा गरेका हुन्।

    Maobadi_Mahadhiweshan_Prachanda_Deuba_Welcome.JPG

    महाधिवेशनलाई शुभकामना दिँदै प्रधानमन्त्री देउवाले नेपालको राजनीतिमा प्रचण्डको महत्वपूर्ण योगदान रहेको बताए। प्रचण्डकै अगुवाइमा नेपाल संविधान सभाको चुनावमा गएको र संविधान बनाउनमा पनि उनको महत्वपूर्ण योगदान रहेको देउवाको भनाइ थियो।

    Maobadi_Mahadhiweshan_Deuba.jpg

    ‘नेपाली कांग्रेसले २००७ सालमा उठाएको संविधान सभाको मुद्दा प्रचण्डजी फेरि उठाउनु भयो। उहाँकै अगुवाइमा हामी संविधान सभामा गयौं,’ देउवाले भने। देउवाले अहिलेको गठबन्धन कसैका विरूद्ध  नभएकाले चुनावसम्म जाने बताए। ‘यो संविधान र संसद बचाउन भएको गठबन्धन हो।  हामी चुनावपछि पनि गठबन्धन लैजान चाहन्छौं,’ देउवाले भने।

    देउवापछि बोलेका प्रचण्डले पनि देउवाको तारिफ गरे। देउवाले आज निकै सुन्दर ढंगले बोलेको बताए। ‘देउवाजी हेर्दा सोझोजस्तो इनोसेन्टजस्तो देखिनुहुन्छ तर बेला बेलामा महत्वपूर्ण स्टेटमेन्ट दिनुहुन्छ,’ प्रचण्डले भने,‘आज त उहाँले निकै सुन्दर ढंगले महत्वपूर्ण स्टेटमेन्ट दिनुभएको छ।’

    Maobadi_Mahadhiweshan_Prachand3.jpg

    आफू विद्रोही नेता हुँदा पनि देउवाले ‘प्रचण्ड बहादुर हो’ भनेको उनले स्मरण गरे।

    ‘उहाँ त्यतिबेला प्रधानमन्त्री हुनुहुन्थ्यो तर विद्रोही नेतालाई बहादुर भनिदिनुभयो। त्यो ठूलो स्टेटमेन्ट थियो,’ प्रचण्डले भने,‘पछि हामीले प्रधानमन्त्री आलोपालो गर्‍यौं। मैले उहाँलाई प्रधानमन्त्री प्रस्ताव गर्दा उहाँले प्रचण्ड राजनेता हो भनिदिनुभयो।’


    प्रकाशित : सोमबार, पौष १२ २०७८०८:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार