काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले नेृतत्व हस्तान्तरण र पुस्तान्तरणसम्बन्धी विशेष प्रस्ताव पेस गरेका छन् ।
उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्न प्रस्ताव गरेका छन् ।
यस्तै अध्यक्ष दाहाल संरक्षकको भूमिका रही वैचाकिर प्राधिका र सत्ताको नेतृत्व गर्ने, हालका पदाधिकारी सल्लाहकारको भूमिकामा रही विगागीय काम, अनुगमन, मूल्याङ्कन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवालाई कार्यकारी साङ्गठनिक नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गरेका छन् ।
उपमहासचिव शर्माले हालको केन्द्रीय कमिटी भङ्ग गरी अध्यक्ष दाहाललको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाइ महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नेगरी मिति तोक्न माग गरेका छन् ।
(स्थायी समिति बैठकमा उपमहासचिव शर्माले प्रस्तुत गरेको प्रस्तावको पूर्णपाठः)

