काठमाडौँ श्रम, रोजगार तथा सामाजिक सुरक्षाका क्षेत्रमा देखिएका विद्यमान समस्या र तिनको समाधानकाे समाधानका लागि सुझाव दिन विभिन्न समिति गठन गरेकाे छ ।
मन्त्रालयले सुरक्षा कोषको पुन:संरचना, कोषबाट प्रदान गरिने सेवा सुविधालगायतका विषयमा अध्ययन गर्न पूर्वसचिव केवलप्रसाद भण्डारी र प्रताप पाठकको संयोजकत्वमा समिति गठन गरिएकाे हाे ।
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्यरुपमा सामाजिक सुरक्षा योजनामा सहभागि हुनुपर्ने बाध्यात्मक अवस्था छ । श्रमिकलाई रकम श्रम स्वीकृति लिनुपूर्व नै पहिलो एक महिनाको रकम तिर्नुपर्ने हुन्छ । त्यसपछि हरेक महिना वैदेशिक रोजगारीमा रहँदा याेगदान रकम तिर्नुपर्ने हुन्छ ।
लगातार तीन महिनासम्म योगदान गरेका श्रमिकले सामाजिक सुरक्षा कोषबाट पाइने सेवा सुविधा पाउने व्यवस्था छ । तर, श्रमिकलाई त्यसबारे जानकारी नहुँदा योगदान रकम नियमित तिर्ने गरेका छैनन् । नियमित याेगदान रकम नतिर्दा श्रमिकले पाउनुपर्ने सुविधाबाट बन्चित हुन परेकाे छ ।
यस्तै बैदेशिक राेजगार बोर्डको भूमिका र संरचनाका विषयमा आवश्यक सुझाव दिन पूर्वसिचव पाठकको संयोजकत्वमा समिति गठन गरिएको छ ।

