२०८३, कार्तिक १२ गते बिहीबार

महिला उद्यमीबाट उत्पादित सामग्री बिक्री तथा प्रदर्शनी

महिला उद्यमीबाट उत्पादित सामग्री बिक्री तथा प्रदर्शनी


  • मेरोभ्यूज
  • भाद्र १५, २०८१ शनिबार

  • महिला उद्यमीबाट उत्पादित सामग्री बिक्री तथा प्रदर्शनी

    नुवाकोट । तिजपर्वका अवसरमा नुवाकोट उद्योग वाणिज्य सङ्घले ‘महिला उद्यमीले उत्पादन गरेका कृषि उब्जनी तथा हस्तकलाका सामग्री बिक्री तथा प्रदर्शनी’मा राखेका छन् ।

    तिज विशेष कार्यक्रमसहित जिल्लाका किसान तथा उद्यमी महिलाले तयार गरेको स्थानीय उत्पादनलाई प्रदर्शनी तथा बिक्रीकक्षमार्फत उद्यमी र उपभोक्तालाई लाभ पुग्ने कार्यक्रम सञ्चालनमा ल्याएको सङ्घका सचिव मधुसुदन थपलियाले जानकारी दिए ।

    सचिव थपलियाका अनुसार तिजपर्व सुरु हुनुभन्दा धेरै अघिदेखि भड्किला तथा विकृति फैलाउने कार्यक्रम आयोजना हुने गरेकामा वाणिज्य सङ्घले पहिलोपटक बिक्री तथा प्रदर्शनी आयोजना गरेको हो । यसबाट उद्यमी र उपभोक्ता दुवै पक्षलाई लाभ पुगेको छ ।

    “प्रदर्शनीमा तरकारी र मसालेदार बाली उपभोक्ताको रोजाइमा परेको छ”, सचिव थपलियाले भने, “हस्तकला तथा साना घरेलु उद्योगमा उत्पादित ढाकाबाट बनेका कपडा, सरसफाइलगायत दैनिक जनजीवनमा प्रयोग हुने सामग्रीको कारोबार उत्साहजनक छ ।”

    सहुलियत शुल्कमा स्थानीय उत्पादनका सामग्री ताजा र सहुलियत शुल्कमा उपलब्धताले उद्यमीलाई प्रोत्साहन र उपभोक्तालाई फाइदा पुगेको विदुर नगरपालिका-२ शेराका सरस्वती अधिकारीले बताए ।

    तिजका बाहनामा हुने भड्किला कार्यक्रमको साटो महिला उद्यमीलाई प्रोत्साहन र उपभोक्तालाई सहुलियत शुल्कमा गुणस्तरीय सामग्री उपभोगको अवसर मिलेकाले आगामी दिनमा यस्तै रचनात्मक कार्यलाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ ।


    प्रकाशित : शनिबार, भाद्र १५ २०८११०:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार