२०८३, कार्तिक ११ गते बुधबार

माओवादीकाे आठाैं महाधिवेशन
प्रचण्डको दस्तावेजमाथि समूहगत छलफल जारी (फोटो फिचर)

प्रचण्डको दस्तावेजमाथि समूहगत छलफल जारी (फोटो फिचर)

बुधबार १ बजेदेखि प्रज्ञा भवनमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने, प्रत्येक समूहले १५ मिनेटभित्र निष्कर्ष राख्नुपर्ने


  • मेरोभ्यूज
  • पौष १३, २०७८ मंगलबार

  • प्रचण्डको दस्तावेजमाथि समूहगत छलफल जारी (फोटो फिचर)

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दशसत्रको दोस्रो दिन आज पनि जारी रह्यो । सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत ‘२१औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङद्वारा प्रस्तुत विधान मस्यौदामा दिनभर समूहगत छलफल भएका थियो ।

    Maobadi_Group_Discussion (8).jpg

    समूहगत छलफलका लागि सोमबार २५ समूह गठन गरिएको आज साँझ जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । अधिकांश समूहले वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन् । बाँकी समूहले बुधबार अपरान्ह १२ बजेभित्र छलफल सक्ने तयारी गरेका छन् ।

    Maobadi_Group_Discussion (4).jpg

    समूहगत छलफलका लागि दिनभर समय दिइएकोमा बुधबार अपरान्ह १२ बजेसम्मको समय थप गरिएको छ । समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिले अध्यक्ष दाहालद्वारा प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समर्थन जनाउँदै विभिन्न सुझाव राखेको माओवादी केन्द्रले जनाएको छ ।

    Maobadi_Group_Discussion (24).jpg

    बुधबार अपरान्ह १ बजेदेखि महाधिवेशनस्थल प्रज्ञा भवन, कमलादीमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ । समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् । प्रत्येक समूह प्रमुखलाई प्रस्तुतीका लागि १५ मिनेटको समय दिइएको छ ।

    Maobadi_Group_Discussion (25).jpg

    Maobadi_Group_Discussion (23).jpgMaobadi_Group_Discussion (22).jpgMaobadi_Group_Discussion (21).jpgMaobadi_Group_Discussion (20).jpgMaobadi_Group_Discussion (19).jpgMaobadi_Group_Discussion (18).jpgMaobadi_Group_Discussion (17).jpgMaobadi_Group_Discussion (16).jpgMaobadi_Group_Discussion (15).jpgMaobadi_Group_Discussion (14).jpgMaobadi_Group_Discussion (13).jpgMaobadi_Group_Discussion (6).jpgMaobadi_Group_Discussion (20).jpgMaobadi_Group_Discussion (11).jpgMaobadi_Group_Discussion (7).jpgMaobadi_Group_Discussion (19).jpg

     


    प्रकाशित : मंगलबार, पौष १३ २०७८०९:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार