२०८३, कार्तिक १२ गते बिहीबार

माओवादी बन्दसत्रमा ११ समूहले निष्कर्ष सुनाए, १५ समूहकाे पालाे भाेलि

माओवादी बन्दसत्रमा ११ समूहले निष्कर्ष सुनाए, १५ समूहकाे पालाे भाेलि


  • मेरोभ्यूज
  • पौष १४, २०७८ बुधबार

  • माओवादी बन्दसत्रमा ११ समूहले निष्कर्ष सुनाए, १५ समूहकाे पालाे भाेलि

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र) को पुस ११ गतेदेखि राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको चौथो दिन आज पनि बन्दसत्र जारी रह्याे । आज अपरान्ह १ बजे अध्यक्ष मण्डलका सदस्य गिरिराजमणि पोखरेलले बन्दसत्र सञ्चालनसम्बन्धी आचारसंहिता सुनाएपछि बन्दसत्रको कार्यक्रम अगाडि बढेकाे थियो ।

    बन्दसत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट प्रस्तुत ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुति बुधबार अपराह्न सवा १ बजेदेखि बन्दसत्रमा सुरु भएको थियाे ।

    राजनीति दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न प्रतिनिधिलाई २५ वटा समूहमा विभाजित गरेर मङ्गलबार बिहानदेखि आज बिहान १२ सम्मको समय छुट्याइएको थियो ।

    समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश नं २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टङ्क राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश नं १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कुँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गरे ।

    आठौँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन पुस १५ गते बिहीबार बिहान ११ बजेदेखि बन्दसत्र सञ्चालन हुनेछ । बाँकी रहेका समूहले बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् ।


    प्रकाशित : बुधबार, पौष १४ २०७८०९:०८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार