२०८३, कार्तिक १२ गते बिहीबार

अध्यक्ष प्रचण्डको प्रश्न – भूटानी शरणार्थी काण्ड कहाँ पुग्यो ?

अध्यक्ष प्रचण्डको प्रश्न – भूटानी शरणार्थी काण्ड कहाँ पुग्यो ?


  • मेरोभ्यूज
  • कार्तिक १६, २०८१ शुक्रबार

  • अध्यक्ष प्रचण्डको प्रश्न – भूटानी शरणार्थी काण्ड कहाँ पुग्यो ?

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थीलगायतका विभिन्न काण्डका मुद्दाहरु कहाँ पुगे भनेर सरकारलाई प्रश्न गरेका छन् ।

    माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन अध्यक्ष प्रचण्डले यस्तो प्रश्न गरेको हो ।

    उनले नक्कली भूटानी शरणार्थी बाँसबारी, गिरिबन्धु, बालमन्दिरलगायतका काण्ड कहाँ पुगे भनेर प्रश्न गर्दै अध्यक्ष दाहालले भने – ‘यो प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किनभने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो ।’

    आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उनले आफूलाई सच्याउन आग्रह गरे । ‘नत्र संसद र सडकमा तपाईँहरुले त्यो प्रतिरोध देख्नुपर्नेछ, जसको तपाईँहरुले कल्पना गरेको छैन’– अध्यक्ष प्रचण्डले भने – ‘बाढीपहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ, यो हर्कत सरकारका लागि महंगो पर्ने छ ।’

    यो देश कांग्रेस, एमालेको विर्ता नभएको उल्लेख गर्दै उनले संख्याको प्राविधिक बदलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने कसैलाई लागेको भए तिनले त्यो भन्दा माथि जनता छन् भन्ने बिर्सेको टिप्पणी गरे । ‘जे गरे पनि हुन्छ भन्ने लाग्छ, जवाफ दिनुपर्दैन ?’– अध्यक्ष प्रचण्डले सरकारलाई प्रश्न गर्दै भने – ‘संसदको रोष्टममा भद्र तरिकाले मागिन्छ तिमीहरुसँग जवाफ, धेरै अभद्र भयो भने सडकमै घिसारेर भए पनि मागिनेछ छ जवाफ ।’

    सरकारले ७० नम्बर ल्याएकोमा प्रचार गरेकोप्रति प्रश्न गर्दै उनले भने – ‘अहिले नै सत्तरी आएपछि कस्तो होला त यो सरकारको सय नम्बर ? मैले निरन्तर भन्दै आएको छु – संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमालेलाई विश्वास । आदर्श र राजनीतिक उद्देश्यले जोडेको होइन, सुशासनको डरले जोडेको हो ।’ पहिले एक्लै पार्टीको दुई तिहाई भएको बेलामा संसद भंग गरेर प्रतिगमन गर्ने नेताले अहिले दुई तिहाईको घमण्ड गर्नुको कुनै अर्थ र औचित्य नहुने पनि उनको टिप्पणी थियो ।


    प्रकाशित : शुक्रबार, कार्तिक १६ २०८१०९:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार