२०८३, कार्तिक १२ गते बिहीबार

माओवादीको बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष राख्नेक्रम जारी

माओवादीको बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष राख्नेक्रम जारी

चौधमध्ये सात वटा समूहले निष्कर्ष राखे


  • मेरोभ्यूज
  • पौष १५, २०७८ बिहीबार

  • माओवादीको बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष राख्नेक्रम जारी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी आठौँ राष्ट्रिय महाधिवशेनअन्तर्गत जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक तथा वैचारिक दस्तावेज तथा विधानमाथिको समूहगत छलफलको निष्कर्ष सुनाउने क्रम जारी छ ।

    Indra Thing.jpg

    अध्यक्ष मण्डलका अध्यक्ष कृष्णबहादुर महराको निर्देशनमा अध्यक्ष मण्डलकी सदस्य पूर्णाकुमारी सुवेदीले बन्द सत्र सञ्चालन गरिरहेकी छिन् । आजको बन्द सत्रमा सबैभन्दा पहिले सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट कृष्ण अधिकारीले समूहको निष्कर्ष राखे ।

    Krishna Adhikari.JPG

    बन्दसत्रमा अहिलेसम्म सल्लाहकार समूह (क) का तर्फबाट चित्रबहादुर श्रेष्ठ, कर्णाली प्रदेशका तर्फबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहको तर्फबाट समूह प्रमुख जगत सिंखडा, सुदूरपश्चिम प्रदेशका तर्फबाट समूह प्रमुख मानबहादुर धामी र बागमती प्रदेशका तर्फबाट इन्द्रबहादुर थिङले आफ्नो समूहको प्रस्तुति राखेको प्रचारप्रसार समितिले जनाएको छ ।

    Jagat Simkhada.JPG

    हिजो अपराह्न १ बजेदेखि समूहगत छलफलको निष्कर्ष सुनाउन थालिएको हो । हिजो साँझसम्म ११ समूहका तर्फबाट टोली नेताले छलफलको निष्कर्ष सुनाएका थिए । आजको बन्दसत्रमा बाँकी १४ समूहले समूहिक छलफलको निष्कर्ष सुनाउने कार्यसूची रहेको छ ।

    Chitra bdr Shrestha 1.jpg

    राजनीति दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न प्रतिनिधिलाई २५ वटा समूहमा विभाजित गरिएको थियो । बधुबार सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश नं २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टङ्क राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश नं १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङले निष्कर्ष राखेका थिए ।

    Manbahadur Dhami.JPG

    यस्तै प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कँुवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गरेका थिए । 

    Gopa Shaarma 1.JPG

     

     


    प्रकाशित : बिहीबार , पौष १५ २०७८०१:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार