२०८३, कार्तिक १२ गते बिहीबार

प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसहमतिले पारित (प्रतिवेदनसहित)

प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसहमतिले पारित (प्रतिवेदनसहित)


  • मेरोभ्यूज
  • पौष १७, २०७८ शनिबार

  • प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसहमतिले पारित (प्रतिवेदनसहित)

    काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसहमत पारित भएको छ । पार्टीको जारी आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजको बन्दशत्रले सोमबार पेश गरेको राजनीतिक प्रतिवेदन पारित गरेको हो ।

    महाधिवेशनको बन्दशत्रको पहिलो दिन सोमबार अध्यक्ष प्रचण्डले ‘२१ औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेका थिए । यस्तै, सोही दिन स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामा प्रस्तुत गरेका थिए ।

    मङ्गलबार र बुधबार अपराह्नसम्म समूहगत छलफल भएको थियो । छलफलका लागि विभिन्न २५ समूह निर्माण गरिएका थिए । समूहको संयोजन गर्ने जिम्मेवारी समेत नेताहरूलाई दिइएको थियो । बन्दशत्रमा नेताहरू हरिबोल गजुरेल, सुरेन्द्र कार्की, लेखनाथ न्यौपानेले अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि टिप्पणीमूलक पूरक प्रतिवेदन पेश गरेका थिए ।

    बन्दशत्रको आजको शत्रमा अध्यक्ष प्रचण्डले सबैको विचार र भावनालाई समेटेर प्रतिवेदनलाई समृद्ध बनाउने विश्वास दिलाए । उनले सबैको सुझावलाई आत्मसात् गर्दे पार्टीलाई अझै स्पष्ट र भरोसायोग्य बनाउने बताएका थिए । नेता तथा कार्यकर्ता तहबाट उठेका सबै विषयलाई सम्बोधन गर्ने प्रतिवद्धता अध्यक्ष प्रचण्डले व्यक्त गरेपछि अध्यक्ष मण्डलकातर्फबाट निर्णयका लागि प्रस्तुत गरिएको थियो ।

    अध्यक्ष मण्डलले गरेको प्रस्तावलाई बन्दशत्रको हलले सर्वसहमतिले पारित गरेको हो । अध्यक्ष प्रचण्डले सबै पक्षको भावनाअनुसार पार्टीलाई थप बलियो बनाउने विश्वास दिलाउँदै एजेण्डा, कार्यक्रमका हिसाबले पनि माओवादी नै अब्बल रहेको बताएका छन् । उनले माओवादी एजेण्डामा नै देश अगाडि बढिरहेकाले यसलाई थप विस्तार गर्दै पार्टीलाई एक नम्बरको बनाएरै छाड्ने बताए ।

    बन्दसत्रबाट पारित प्रतिवेदन हेर्नुहाेस् :


    प्रकाशित : शनिबार, पौष १७ २०७८०७:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार